सिरहा पुगेलगत्तै सिडिओ कणेलले थाले सरसफाई, सेना र प्रहरीको सहयोग


सिरहा : सरुवा भएर प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल सिरहा पुगे लगत्तै सरसफाई अभियान सुरु गरेका छन् ‌।

सिडिओ कणेलको अगुवाईमा आज विहान सिरहा सदरमुकामको विभिन्न भागमा सरसफाई गरिएको हो । सरसफाईमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय समेत सहभागी थिए । सिडिओ कणेलले सरसफाइको निरन्तरता दिने बताएका छन् ।

सिरहाका सरसफाई अभियन्ता धिरेन्द्र साह भन्छन्, ‘साधुबाद सिडिओ साहेब, सरसफाईले निरन्तरता पाओस् । अरूले गरी देला भनेर मुख ताक्नु भन्दा आफूले फालेको फोहर सफा गर्ने बानीको विकास गरौं ।’

सिडिओ कणेल धनुषामा बस्दा समेत प्रसंसनीय सामाजिक कार्यहरु गरेर चर्चामा थिए ।

प्रकाशित : २०७७ श्रावण ८, बिहीबार १०:३९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ