प्रदेश २ : थप एक कोरोना संक्रमितको मृत्यु, सेनाले शव ब्यवस्थापन गर्ने


जनकपुरधाम : प्रदेश २ मा थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार वीरगञ्जको माइस्थानका ७० वर्षीय पुरुषको मृत्यु भएको छ । उनको साउन ७ गते मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

मृतकको शव नेपाली सेनाले ब्यवस्थापन गर्ने बताइएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४३ पुगेको छ ।

प्रकाशित : २०७७ श्रावण ८, बिहीबार १७:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ