सिरहा : नेकपा नेता सुवरण यादवमाथि आक्रमण गर्नेलाई कारवाही गर्न माग


सिरहा : नेकपा नेता सुवरण यादवमाथि भएको विस्फोटक पदार्थ आक्रमण घटनालाई छानविन गरी दोषीलाई कारवाही गर्न माग गरिएको छ ।

नेकपाका जिल्ला सदस्य भोला यादवले आज प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेललाई ज्ञापन-पत्र झुझाउदै यस्तो माग गरेका हुन् । औरही गाउपालिका ५ स्थित घरमै नेता यादवलाई मार्ने उदेश्यले अपराधीले आक्रमण गरेको ज्ञापन-पत्रमा उल्लेख गरिएको छ ।

तत्कालिन औरही गाविसका पुर्व अध्यक्ष समेत रहेका नेता यादव घरमा सुतेको बेला साउन २ गते राति अज्ञात समुहले आक्रमण गरेको थियो । बमको छर्रा जस्तो देखिने विस्फोटक पदार्थले उनी घाइते भएका थिए ।

प्रकाशित : २०७७ श्रावण ८, बिहीबार १८:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ