बाबुरामले भने- प्रधानमन्त्री ओलीलाई हटाऔं, प्रधानन्यायाधीशलाई महाभियोग लगाऔं


काठमाडौं : जनता समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भट्टराईले  संसद अधिवेशन बोलाएर प्रधानमन्त्रीबाट केपी शर्मा ओलीलाई बिदा गर्नु पर्ने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा पूर्वप्रधानमन्त्री समेत रहेका डा भट्टराईले देश गम्भीर संकटतिर गइरहेको उल्लेख गर्दै लोकतान्त्रिक ढंगले संकटमोचनका लागि केपी ओलीलाई प्रधानमन्त्रीबाट बिदा गरेर नेकपाबाटै अर्को प्रधानमन्त्री बनाउन भनेका छन् । त्यस्तै उनले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरामाथि महाअभियाेग लगाउन प्रस्ताव गरेका छन् ।

यसका साथै उनले भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन गर्न र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जान पनि प्रस्ताव गरेका छन् ।

श्रीमतीको हत्यामा दोषी ठहर भएका सशस्त्र प्रहरीका पूर्व डीआइजी रञ्जन कोइरालाको कैद सजाय घटाउने फैसलापछि सर्वोच्च अदालतको चर्को आलोचना भइरहेका बेला बाबुरामको यस्तो भनाइ आएको हो ।

प्रकाशित : २०७७ श्रावण ९, शुक्रबार ०९:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ