नवराजपुरको क्वारेन्टाइन अस्तव्यस्त, न राम्रो खाना न सुत्ने खाटको व्यबस्था


जयनाथ यादव/ लहान : सिरहाको नवराजपुर गाउंपालिकाले कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि १ करोड ४० लाख छुट्याएपनि क्वारेनटाईनको अबस्था बेहाल छ ।

हुन त गाउंपालिकाको कार्यालय रहेकै विद्यालयमा क्वारेनटाईन छ । यद्यपी क्वारेन्टाइनको समस्याप्रति कर्मचारी र प्रमुख चासो देखाएका छैन् ‌। स्थानियले गुनासो गर्दा पनि वास्ता गर्दैनन् ।

सरकारले पोष्णयुक्त खाना खुवाउन भनेपनि कहिले पोषणयुक्त खाना नखुवाएको क्वारेन्टाइनमा बसेकाहरु बताउछन् ‌। एउटै कोठामा ६ जनासम्मलाई राख्ने गर्छ । यतिसम्म की कोठामा बेड (घाट) छैन्, भुईमा बस्न लगाउछन् ।

खाना राम्रो नखुवाउदा कतिपयले घरबाटै खाना मगाएर खान बाध्य छन् । राम्रो खाना खुवाउन कर्मचारीलाई भनेपछि ‘जन्ती आएको हो ?’ भन्दै हप्काएको एक युवकले सुनाए । उनका अनुसार लाइन कटेपछि अंध्यारोमा खाना खानुपर्छ ।

जनप्रतिनिधि र कर्मचारीले कोरोनाको नाममा ब्रह्मलुट मच्चाएको क्वारेन्टाइनमा बसेका एक युवकले आरोप लगाए । स्रोतका अनुसार कर्मचारीले नक्कली बिल भर्पाई (कागजात) पेश गरेर रकम भ्रष्टाचार गरेका छन् ।

प्रकाशित : २०७७ श्रावण ९, शुक्रबार ११:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ