वीरगन्जमा कोरोना संक्रमित एक महिलाको पनि मृत्यु


पर्सा : वीरगन्जमा आज अर्का कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका ११ निवासी ८५ वर्षीया महिलाको मृत्यु भएको हो ।

नारायणी अस्थायी कोरोना अस्पतालमा भर्ना भई उपचार गराई रहेकी उनमा मुटु सम्बन्धी समस्या थियो । पछिल्लो समय निमोनिया भएर अस्पताल भर्ना भएकी उनमा अस्ति बुधबार मात्र कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना अस्पतालको आइसीयु कक्षमा उपचार गर्दागर्दै आज विहान मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन कुमार उपाध्यायले बताए ।

गत मंगलबार पनि कोरोना अस्पतालमै उपचार गराइरहेका वीरगन्ज ६ माईस्थानका ७० वर्षीय वृद्धको मृत्यु भएको थियो । बुधबार साँझ कोरोना संक्रमण पुष्टि भएपछि नेपाली सेनाले हिजो उनको शव व्यवस्थापन गरेको थियो । 

प्रकाशित : २०७७ श्रावण ९, शुक्रबार १५:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ