महोत्तरी : वर्षाले घर भत्केपछि अनिता विचल्लीमा, छिमेकीको घरमा बस्न बाध्य


धर्वेन्द्र यदुवन्शी/ महोत्तरी : अविरल वर्षाका कारणले महोत्तरी जिल्लाको गौशाला नगरपालिका –५ मा एउटा घर भत्किएको छ ।

स्थानीय शिवसरन साहको घर भत्किएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । घर भत्किँदा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

केहि दिन देखि परेको अविरल वर्षका कारणले घर भत्किएको छ । घर भत्किएपछि आफुलाई बसोबास गर्न एकदम कठिनाइ भइरहेको साहका श्रीमती अनिता देवीले बताइन् ।
‘बसोबास गर्नलाई एउटा मात्रै घर थियो तर त्यो घर पनि भत्कियो आब कसरी बसोबास गर्ने ?’, उनले दुखेसो पोखिन् ।

श्रीमानको मानसिक सन्तुलन ठिक छैन, घरमा काम गर्ने पनि छैन, आफु स्थानीय बजारमा भाडा भेचेर घर चलाउने गरेको पिडित अनिता देवीले बताइन् ।

अहिले हाल छिमेकीको घरमा बास बस्दै आएको उनले सुनाइन् । अहिलेसम्म कसैले पनि सहयोग नगरेको उनको भनाई छ ।

प्रकाशित : २०७७ श्रावण ९, शुक्रबार १५:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ