धनुषाधाम नगरपालिकामा तालाबन्दी, भ्रष्टाचार गरेको भन्दै मेयर विरुद्ध प्रर्दशन


सिबेन्द्र रोहिता/ जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिकामा सिकियाही टोलका बासिन्दा तालाबन्दी गरेका छन् ।

अनावश्यक ठाँउमा बाँध बाँधेको तर आवश्यक रहेको ठाउमा बांध नबनाएपछि सिकियाही टोलका बासिन्दा नगरपालिकामा तालाबन्दी गरेर आन्दोलन थालेका हुन् । तालाबन्दी गर्ने क्रममा उनीहरु मेयर विरूद्ध प्रदर्शन समेत गरेका छन् ।

आवश्यकता भएको स्थानमा बाँध नबनाएकाले वस्ती नै डुबानमा परेको आन्दोलन थालेका उनीहरु बताउछन् । भ्रष्टाचार गर्न आवश्यकता नरहेको स्थानमा नगरपालिकाले बाँध निर्माण गरेको उनीहरुको भनाई छ ।

नगरपालिकाका मेयरले डुबानको समस्या समाधान नगरेसम्म तालाबन्दी जारी राख्ने चेतावनी समेत दिइएको छ ।

प्रकाशित : २०७७ श्रावण ९, शुक्रबार १६:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ