Breaking- वीरगञ्जमा शनिबारदेखि अनिश्चितकालिन कर्फ्यु (सुचनासहित)


पर्सा : जिल्लामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण व्यापक बन्दै गएको देखिएपछि पुनः अनिश्चितकालिन निषेधाज्ञा (कर्फ्यु) जारी गरिएको छ । संकट व्यवस्थापन केन्द्र पर्साको साउन ९ गते बसेको बैठकको निषेधाज्ञा जारी गरेको हो ।

जिल्लामा कोरोना भाइरस को संक्रमण व्यापक बन्दै गएको देखिएको, पछिल्लो समय लक्षण सहितका कोरोना संक्रमितहरु समेत देखापर्न थालेका, संक्रमित केहीको मृत्यू समेत भएको र कोभिड अस्पतालको आइसोलेसनमा रहेका अन्य केहीको अवस्था समेत जटिल देखिएकोले यसको संक्रमण थप फैलन नदिन तथा यसको रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन संक्रामक रोग ऐन, २०२० को दफा २ तथा  स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम मिति २०७७ श्रावण १० गते विहान ५ बजेदेखि अर्को आदेशनभएसम्म पर्सा जिल्लाको वीरगंज महानगरपालिका क्षेत्रभरी लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो ।

– रातोपाटीबाट

प्रकाशित : २०७७ श्रावण ९, शुक्रबार १६:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ