वीरगञ्जमा सांसद यादवद्वारा फ्लेग टावर निर्माण, यसरी गरियो उद्घाटन


वीरगञ्ज : पर्सा क्षेत्र १ का सांसद प्रदिप यादवले नेपालको प्रमुख प्रवेशद्वार वीरगञ्जको शंकराचार्य गेटको दक्षिणतर्फ मुख्य सडकमै राष्ट्रीय ध्वजसहितको फ्लेग टावर स्थापना गरेका छन् । आज एक समारोहबीच उनले नै टावरको उद्घाटन गरेका हुन् ।

प्रतिनिधिसभा सदस्य सांसद यादवको संसदीय बिकास कोषबाट निर्माण गरिएको ११० फिट उचाई भएको टावरमा स्थापना गरिएको छ । भारत-नेपाल जोडने मुख्य प्रवेशद्वारको रूपमा रहेको वीरगञ्जको शंकराचार्य गेट प्रवेश विन्दुमा आफनो देशको झण्डा स्थापना गरेर गर्वको अनुभुति भएको सांसद यादवले बताए ।

सांसद यादवले खुल्ला सिमाका कारण रक्शौल र वीरगञ्जलाई छुटयाउन नसकेर नेपाल प्रवेश गर्ने भारत तथा अन्य देशका नागरिक हरुलाई आफु नेपाल देशमा प्रवेश गरेको शुचकको रुपमा यस्ले मुख्य भुमिका निभाउने उनले बताए । उनले मधेश, मधेशी र अधिकारको लागी विगतमा भएको मधेश आन्दोलन लाई केहि तत्वहरुले जहिले पनी राष्ट्रीयता संग जोडेर जनतामा शंका उत्पन्न गराउने लाई यो राष्ट्रीय ध्वज निर्माण गरेर चुनौती दिएको बताए ।

भारत तथा अन्य तेस्रो मुलुकबाट आउने आगन्तुकहरु नेपाल प्रवेश गर्ने वितिकै फरफराई रहेको झण्डा हेर्ने वितिकै नेपाल प्रवेश गरेको अनुभुति गराउने उद्देश्यले यो राष्ट्रीय ध्वज सहितको फ्लेग टावरको उद्घाटन गरेपछि आफु गौरवान्वित महसूस गरेको बताए । सांसद यादवको संसदीय पुर्वाधार विकास कोषबाट १० लाख र आफनो तलब भताको रकम बाट ३ लाख ६२ हजार रूपैयाको सहयोगमा फ्लैग टावरको निर्माण गरिएको छ ।

प्रकाशित : २०७७ श्रावण ९, शुक्रबार १८:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ