गौशाला नगरपालिकाले झण्डै ५ करोडमा कार्यालय भवन बनाउंदै, मेयरले गरे शिलान्यास


महोत्तरी : जिल्लाको गौशाला नगरपालिकाले शुक्रवार एक कार्यक्रमकाबीच नगरपालिकाको भवनको शिलान्यास गरिएको छ ।

गौशाला नगरपालिका वडा ४ स्थित विर्तामा मेयर शिवनाथ महतोले सो भवनको शिलान्यास गरेका हुन् ।‌ हनुमान कन्ट्रक्शन ललितपुरले ४ करोड ९४ लाखमा टेण्डर लिई निर्माण गरिने सो भवन अत्याधुनिक पूर्वाधार सहितको रहने गौशाला नगरपालिकाको कार्यालयले जनाएको छ ।

३ तल्ले सो भवनमा ५५ वटा कोठाहरु रहनेछ । भवन निर्माण कार्य अगामी २०७८ साल पुस मसान्तसम्ममा सम्पन्न हुने प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रजंग थापाले जानकारी दिए ।

नगरको भवन निर्माण गर्ने सपना आफुहरुले चुनावकै बेला देखेकाले अबको १५ महिनामा भवन निर्माण हुने मेयर महतोले बताए ।

प्रकाशित : २०७७ श्रावण ९, शुक्रबार २०:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ