वडाध्यक्ष कुट्ने प्रमुख प्रशासकीय अधिकृत यादवसहित ३ पक्राउ


सर्लाही : वडा अध्यक्षलाई कुटपिट गरेको अभियोगमा सर्लाही प्रहरीले प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले सर्लाहीका प्रमुख प्रशासकीय अधिकृत सकलदेव राय यादव, उनका भाइ लालबाबु राय यादव र स्थानीय शैलेन्द्र राय यादवलाई नियन्त्रणमा लिएको हो । सर्लाहीको हरिपूर्वा नगरपालिका–३, धनकौल पूर्वारीका वडाध्यक्ष धर्मराज सिंह महतोमाथि बिहीबार कुटपीट भएका थियो ।

वडाध्यक्ष महतोलाई गएसाँझ गाउँमै एक समूहले कुटपिट गरी घाइते बनाएको थिए । भाटा र लठ्ठीले आक्रमण गर्दा वडाध्यक्ष महतोको हात, छातिलगायत शरीरका विभिन्न भागमा चोट पटक लागेको थियो ।

महतोको हाल ललितपुरमा उपचार भइरहेको छ । केही दिनअघि गाउँमा लागेको असारे मेलामा युवतीलाई जिस्काएको निहुँमा विवाद हुँदै आएको थियो । सोही विषयलाई लिएर वडाध्यक्ष सिंहमाथि कुटपिट भएको हुन सक्ने आशंका गरिएको छ ।

प्रकाशित : २०७७ श्रावण १०, शनिबार ०८:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ