प्रदेश २ : मलको कालोबजारी गर्ने व्यापारी साह जेल चलान, २४ जना अझै फरार


रौतहट : सरकारबाट अनुदानमा प्राप्त रासायनिक मल चर्को मूल्यमा बिक्री गरेको आरोपमा पक्राउ परेका रौतहटको चन्द्रपुर १ वाग्मतीका एक व्यापारी जेल चलान भएका छन् ।

जिल्ला प्रशासन कार्यालय रौतहटले मागेको धरौटी बुझाउन नसक्दा बिहीबार राहुल खाद्य उद्योगका सञ्चालक सत्यलाल साह जेल चलान भएका हुन् । मल चर्को मूल्यमा बिक्री गरेको आरोपमा प्रहरीले कृषि समाग्री कम्पनी चन्द्रनिगाहपुरका प्रमुख रविकुमार केशरी र वडा १ का अध्यक्ष वीरबहादुर राखालसहित २५ जनामाथि कालोबजारी मुद्दा चलाइएको डीएसपी हेमबहादुर शाहीले बताए ।

साह बाहेक मुद्दा चलाइएका अन्य सबै व्यक्ति फरार रहेको प्रहरीले जनाएको छ । साहलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले असार १२ गते पक्राउ गरेको थियो ।

प्रकाशित : २०७७ श्रावण १०, शनिबार १६:१०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ