आज १०९ जनामा कोरोना संक्रमण पुष्टि, १०६ जना डिस्चार्ज


काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १०९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै देशभर अहिलेसम्म कुल कोरोना संक्रमितको संख्या १८ हजार ४८३ पुगेको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा १०६ जनाले कोरोना संक्रमणलाई जितेर घर फर्किएका छन् । अहिलेसम्म कोरोना भाइरस संक्रमणमुक्त भएर घर फर्किनेको संख्या १३ हजार ५३ पुगेको मन्त्रालयले जनाएको छ । 

नेपालमा कुल संक्रमित मध्ये ७०.०६ प्रतिशत निको भएको प्रवक्ता डा. गौतमले बताए ।

प्रकाशित : २०७७ श्रावण १०, शनिबार १६:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ