धनुषा : दाह-संस्कार गर्न लागेको लाश प्रहरीले नियन्त्रणमा लिए


जनकपुरधाम : धनुषाको वटेश्वर गाउँपालिका बडरी खोलामा दाह-संस्कार गर्न लागेको एक वृद्धको लाश (शव) प्रहरीले नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटेको प्रहरी टोलीले वटेश्वर गाउँपालिका २ कचहरीका ८० वर्षीय राम विलास ठाकुरको लाश प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई कुटपिट गरी हत्या गरेको आशंकामा प्रहरीले खोलामा दाह-संस्कार गर्न लागेको लाश नियन्त्रणमा लिएका छन् ।

शुक्रवार राती लडेर गम्भीर घाइते भई उपचारको लागी नजिकै रहेको क्लिनिकमा उपचारको क्रममा मृत्यू भएको मृतकका आफन्तले दावी गरेका छन् । तर उनको जीउमा डाम र टाउकोमा रगत जमेकोले हत्या नै भएको अनुमान प्रहरीको छ ।

प्रहरीले नियन्त्रणमा लिएको लाश पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाईएको छ ।

प्रकाशित : २०७७ श्रावण १०, शनिबार १७:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ