जनकपुरमा दलित वस्ती बचाउन पुगेका साह कुटिए, प्रहरीले उजुरी नलिएको गुनासो


जनकपुरधाम‌ : दलित र सुकुम्बासी बस्दै आएका घरहरु भत्काउन खोज्दा एकजना व्यक्तिले लकडाउनको अवस्थामा उनीहरुको बस्ने व्यवस्था नहुन्जेलसम्म घर नभत्काउन भनेपछि केही स्थानीयहरुले अभद्र व्यवहारका साथै कुटपिट गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ स्थित धर्मवान टोलमा सडक छेउमै दशकौं देखि बस्दै आएका दलितहरुको बासस्थान हटाउने प्रयास भएपनि स्थानिय समाजसेवी दिलिप साहले दलितको पक्षमा बोल्दा दिन दहाडै कुटिएका छन् । सडक विस्तारको क्रममा दलित र सुकुम्बासीहरुको घर टहरा हटाउन नगरपालिकाले नोटिस गरेका छन् ।

तर त्यहाँ पचासौ वर्षदेखि बस्दै आएका सकुम्बासीहरुले आफूहरुलाई जबसम्म सरकारले जग्गा उपलब्ध गराउँदैन घर टहरा भत्काउन नदिने अडानको समर्थन मैले गरेका थिए । तर उनीहरुको समर्थन किन गरेको भन्दै केही व्यक्तिले गुण्डागर्दी शैलीमा कुटटिप गरेको जनकपुरधाममा शनिवार पत्रकार सम्मेलन गरी साहले गुनासो गरेका छन् ।

उनले भने, ‘केही उत्श्रृङ्खल व्यक्तिहरु कृष्णा युवा कमिटी सञ्चालन गरेको छ । मैले भने घर नै भत्काउने हो भने एकसाइडबाट भत्काउनुस्, दलित र सुकुम्बासीहरुको भत्काउनु भन्दा अघि म भत्काउँछु । त्यतिकै भन्दैमा मलाई कुटपिट गर्न थाल्यो । कुटपिट गर्नेमा कमिटीका अध्यक्ष लभ यादव, ओम यादव, लक्ष्मेश्वर यादव, शंकर यादव सहितका रहेका छन् । उनीहरुमाथि जिल्ला प्रहरी कार्यालयमा उजुरी गर्न जाँदा सामान्य घटना हो भनेर फर्काउने गरेको छ ।’

सडक छेउमै बस्दै आएका दलित, गरिव विपन्नहरुलाई बिना कुनै भरपर्दो व्यवस्थापन हटाउन खोजेपछि लकडाउनमा उनीहरुलाई खाना खुवाएका साहले के आधारमा हटाउने भनेर प्रश्न गरेको मात्र के थिए स्थानिय लव अधिकारी, लक्षमेश्वर यादव, ओम यादव, शंकर सिंह सहितका व्यक्तीहरु साहलाई तथानाम गाली, बेज्जती र कुटपिट गर्न थाले ।

पत्रकार सम्मेलनमा उपस्थित कलशिया देवी सहनीले पिडित साह आफुहरुको सुख दुःखमा साथ दिने व्यक्ति रहेको र समाजसेवी रहेकाले बोलेकै भरमा कुटपिट गरिएको भिडियो समेत आफुहरुले खिचेको बताए ।

प्रकाशित : २०७७ श्रावण १०, शनिबार १८:००

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ