सरकार कतै देखिएन, खोज्नुपर्ने अवस्था आयो- नेता कर्ण


काठमाडौं : जनता समाजवादी पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने चेतावनी दिउका छन् ।

‘अहिले सत्तारूढ दलभित्रैबाट अविश्वासको प्रस्ताव ल्याउने कुरा आइराखेको छ। यो सरकारको विकल्प खोज्नुपर्छ । लोककल्याणकारी सरकारको नितान्त आवश्यक भैसकेको छ । यसको लागि हामीले सोच बनाइसकेका छौं,’ शनिबार राजधानीमा आयोजित साक्षात्कारमा उनले भने ।

सरकार छ कि छैन् भनेर खोज्ने अवस्था रहेको चित्रण गर्दै उनले भने, ‘यो सरकार कतैपनि देखिएन् । प्रत्येक वर्ष बाढीपहिरोको समस्या आउँछ। तर, यो सरकार के हेरेर बसेको छ? यो सरकार पाँच वर्ष नै चलोस भन्ने हाम्रो कल्पना हो । तर, यो सरकारको कुनै काम छैन् । यसले काम गर्न सकेन् ।’

– लोकान्तर

प्रकाशित : २०७७ श्रावण १०, शनिबार १९:२५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ