इटहरीमा प्रहरी हिरासतमा रहेका एक पुरुषमा कोरोना पुष्टि


सुनसरी : इटहरी उपमहानगरपालिकास्थित इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका एक जना पुरुष थुनुवामा कोरोना पोजेटिभ देखिएको छ ।

थुनुवामा कोरोना देखिएपछि प्रहरी कार्यालयमा उच्च सर्तकता अपनाइएको सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले बताउनुभएको छ । राजस्व चुहावट गरेको अभियोगमा गत साउन ४ गते ती व्यक्तिलाई सशस्त्र प्रहरीले पक्राउ गरि इलाका प्रहरी कार्यालय इटहरीलाई बुझाएको थियो ।

विराटनगर घर भएका संक्रमित व्यक्तिको साउन ६ गते स्वाव संकलन गरि परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

संक्रमित व्यक्तिँंगै रहेका अन्य ८ जनासहित प्रहरीको पनि स्वाव संकलन गर्ने तयारी भइरहेको जनाइएको छ । संक्रमित व्यक्तिलाई मोरङको गोठगाउँमा रहेको आईसोलेशन वार्डमा सारिएको छ ।

प्रकाशित : २०७७ श्रावण ११, आईतवार ०८:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ