वीरगञ्जमा कोरोना संक्रमित एक व्यापारीको मृत्यु, कर्फ्यु जारी


पर्सा : कोरोना भाइरसको आरडिटी परिक्षणमा पोजेटिभ देखिएका वीरगञ्जका एक व्यापारीको मृत्यु भएको छ ।

आर्दशनगर घर भएका ६५ वर्षिय पुरुषमा आरडिटी परिक्षण गर्दा पोजेटिभ देखिएपछि उनलाई गण्डक अस्पतालमा शनिबार राती भर्ना गरिएको थियो ।

पहिलेदेखि मुटु रोगको बिरामी रहेका र श्वासप्रश्वासमा समस्या देखिएका उनको गण्डक अस्पतालमा राती मृत्य भएको अस्पतालका इन्चार्ज डा. उदयनारायण सिंहले जानकारी दिए ।

पिसिआर परिक्षणका लागि शनिबार नै उनको स्वाब संकलन गरिएको र आज रिर्पोट आउने डा. सिंहले बताए ।

पर्सामा समुदाय स्तरमानै कोरोना भाइरसको संक्रमण बढन थालेपछि शनिबारदेखि वीरगञ्ज महानगरपालिका क्षेत्रमा निषेधाज्ञा लागु गरिएको छ ।

वीरगञ्जको नारायणी अस्पतालको ५० सैया क्षमता भएकोे अस्थाइ कोभिड गण्डक अस्पतालमा शनिबार रातीसम्म ५३ जनालाई भर्ना गरिएको छ ।

प्रकाशित : २०७७ श्रावण ११, आईतवार १०:०२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ