आज पनि बढ्यो सुनको मूल्य, तोलाको ९६ हजार ३ सय पुग्यो


काठमाडौं : पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य दिनहुँ बढ्न थालेको छ । शुक्रबार १३ सयले बढेको सुनको मूल्य आइतबार पनि ५ सयले बढेको छ ।

आइतबार सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसअघि सुनको मूल्य बिहीबार ९४ हजार ५ सय र बुधबार ९४ हजार थियो । सुनसँगै क्रमिक महंगिएको चाँदी आइतबार प्रतितोला ११ सय ५५ रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।

अघिल्लो दिनभन्दा १० रुपैयाँ बढेर गत शुक्रबार प्रतितोला ११ सय ५० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य ५ रुपैयाँले बढेको हो ।

प्रकाशित : २०७७ श्रावण ११, आईतवार १३:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ