गोरु काटेको आरोपमा एक युवक पक्राउ


मोरङ : गोरु काटेको अभियोगमा मोरङ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका ९ पुलचोकका २५ वर्षीय सुमन दनुवार छन् । दनुवारले आफ्नै घरमा गोरु काटेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय विराटचोकबाट खटिएको प्रहरीले उनलाई शनिवार राति पक्राउ गरेको छ ।

प्रहरीले उनको घरमा खोजतलासी गर्दा गोरुको टाउको र खुट्टा फेला पारी उनलाई नियन्त्रणमा लिएको जनाइएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रकाशित : २०७७ श्रावण ११, आईतवार १४:१२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ