जनकपुरमा अर्धनग्न प्रदर्शन, शम्भु र राजुका हत्यारालाई कारबाहीको माग


जनकपुरधाम : धनुषाको शम्भु सदा र राजु सदाको हत्या भएको भएपनि छानविन तथा कारवाही अगाडी नबढाएको भन्दै दलित अगुवाहरुले जनकपुरमा आज अर्धनग्न प्रदर्शन गरेका छन् ।

प्रर्दशनमा सहभागीहरूले दलितमाथिको अत्याचार बन्द गर, प्रहरी प्रशासन मुर्दाबाद, शम्भु र राजुका हत्यारालाई कारबाही गर जस्ता नारा लगाएका छन् । जनकपुरको विभिन्न चोकमा प्रदर्शन पश्चात दलित अगुवाहरुले जिल्ला प्रशासन किर्यालय अगाडी धर्ना बसेका हुन् ।

शम्भु र राजु सदाले न्याय नपाएसम्म आन्दोलन घोषणा गरेका छन् । साउन १३ गते थाली र सिटी जुलुससहित सिडिओ कार्यालय अगाडी धर्ना, साउन १५ गते मिरदङ्ग बजाउदै पोस्टर टास्दै सिडिओ कार्यालय अगाडी धर्ना, साउन १८ गतेदेखि जिल्ला प्रशासन कार्यालय अगाडी अनिश्चितकालिन रिले अनशन बस्ने जनाएको छ ।

गत जेठ २७ गते मध्यरातमा शम्भु सदा इलाका प्रहरी कार्यालय सबैलामा झुण्डिएको अबस्थामा फेला परेका थिए । यस्तै गत असार ७ गते राति प्रादेशिक अस्पतालको इमरजेन्सी कक्षमा उपचार नपाएर छटपटिएर राजु सदाको मृत्यु भएको थियो ।

प्रदेश सरकारले मृतक शम्भु र राजुको परिवारलाई ५/५ लाख रुपैया सहयोग गरिसकेको छ ।

प्रकाशित : २०७७ श्रावण ११, आईतवार १५:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ