Breaking- सप्तरीमा न्यायाधीशलाई लाग्यो कोरोना भाइरस


राजविराज : सप्तरीको राजविराजमा एक जना न्यायाधीश समेत कोरोना संक्रमित पाइएका छन् ।

उच्च अदालत जनकपुरधामको राजविराज इजलासका ५८ बर्षीय न्यायाधीशमा कोरोना संक्रमणको पुष्टि हो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले न्यायाधीश पनि संक्रमित भएको पुष्टि गरेका छन् ।

यसअघि उच्च सरकारी वकील कार्यालयका प्रमुख ४३ बर्षीय सह सचिवमा पनि कोरोना संक्रमणको पुष्टि भएको थियो ।

आईतबार तिरहुत गाउँपालिका वडा नम्बर २ का ३९ बर्षीय पुरुष, वडा नम्बर ३ का ३८ बर्षीय, वडा नम्बर ४ का २६ बर्षीय, वडा नम्बर ५ का २८ बर्षका २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख यादवले बताए ।

यसअघि गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजका एक विरामीमा कोरोना पुष्टि भएपछि १४ कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको छ । अस्पताल समेत सिल गरिएको छ ।

राजविराज नगरपालिकामा तीन दिनदेखि निषेधाज्ञा जारी छ । बजार सुनसान छ । सर्वसधारण त्रसित बनेका छन् । सडकमा अत्यावश्यक बाहेकका गाडी गुडेका छैन् ।

प्रकाशित : २०७७ श्रावण ११, आईतवार १७:२७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ