#Exclusive : नविन यादवले जिस्काएकै छैन – पीडित भनिएकी युवतीको वयान


जनकपुरधाम : जनता समाजवादी पार्टीका नेता नबिन यादवले युवतीलाई दुर्व्यवहार नगरेको खुलासा भएको छ ।

जनकपुरस्थित जेएफसि क्याफेमा शनिवार राति युवतीलाई दुर्व्यवहार गरेको भन्दै नेता यादवलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको छ । प्रहरीले युवतीले दुर्व्यवहार गरेको वयान दिएपछि मुद्दा चलाएको दावी गरेका छन् ।

तर प्रहरीले दुर्व्यवहार गरेको भनिएकी युवती नै नेता यादवले आफूहरुलाई सहयोग गर्न आएको तर प्रहरीले पक्राउ गरी लगेको टुडे खोजसंग बताएकी छन् । उनले भनेकी छन्- म दुई जना क्याफेमा खाजा खांदै थिए । भरोसी नामको केटाले मेरो साथीलाई कुट्न थाल्यो । त्यसपछि नविन दाई आउनु भयो । उहांले हामीलाई यति रातिसम्म किन यहां भन्दै हप्काए पनि । लगत्तै प्रहरी आएर म, मेरो साथी र नविन दाईलाई प्रहरीले लग्यो ।’

ति युवतीले थपिन्, ‘प्रहरी समक्ष मेरो साथीले नविन दाईमाथि किन दुर्व्यवहारको आरोप लगाइन ? मलाई थाहा छैन । तर नविन दाई दुर्व्यवहार गर्नुभाको छैन । उहां त हामीलाई सहयोग गर्न नै आउनु भएको थियो ।’घटनामा जोडिएकी युवतीले नै दुर्व्यवहार नगरेको बताएपछि नेता यादवलाई फसाएको देखिन्छ ।

हेर्नुस् भिडियो :

https://www.youtube.com/watch?v=aHx4QHE_X8E
प्रकाशित : २०७७ श्रावण ११, आईतवार १९:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ