शहिदनगरमा कामरियालाई मास्क, पानी र जुस वितरण, सांसद अरगरियाको सहयोग


जनकपुरधाम : शहिदनगर नगरपालिकास्थित डुमरिया चोकमा बोलबम कामरियाहरुलाई धनुषा क्षेत्र २ का सांसद उमाशंकर अरगरियाको सहयोग र जनता समाजवादी युवा संघ शहिदनगर नगरपालिकाको सहकार्यमा मास्क, पानी र जुस वितरण गरेको छ ।

कार्यक्रम जनता समाजवादी युवा संघको नगर अध्यक्ष निशान्त मरिकको अध्यक्षतामा सम्पन्न भएको हो । उक्त कार्यक्रममा समाजवादी पार्टी धनुषाको युवा नेता विनोद रोहिता, शहिदनगर नगरपालिका वडा नम्बर ८ पार्टीको अध्यक्ष जोगिन्द्र दास, जीवन रोहिता, शौखिलाल मुखिया, युवा संघका नगर सदस्य रितेश यादव , दिपक यादव, गुड्डु गोइत , दिपेश बिराजी, रुपेश गोहिवार लगायतका युवा हरुको उपस्थितिमा सम्पुर्ण कमरिया र सर्वसधारण जनताहरु बिना मास्क हिडिरहेकाले मास्क वितरण गर्‍यो ।

उक्त कमरियाहरु कमला नगरपालिका लगायतका गाउँहरुबाट शनिबार हिडेर सिरहाको बन्दिपुरस्थित कमला नदिको उत्तराहिनी  मुहानबाट जल लिएर आइतबार शहिदनगर नगरपालिकाको डुमरिया चौकमा विश्राम गरि सोमबार बिहान दुवरकोठ हथलेटवा शिवालयमा जल चढाउने गर्छन् ।

प्रकाशित : २०७७ श्रावण ११, आईतवार २०:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ