धनुषामा पनि कोरोनाले एक ३८ वर्षीय युवकको मृत्यु


जनकपुरधाम : कोरोनाले धनुषामा पनि एक युवकको मृत्यु भएको छ । शहिद नगरपालिकाका ८ का ३८ वर्षीय युवकको मृत्यु भएको हो ।

अत्यधिक ज्वरो र रुघाखोकी लागेपछि उनी शनिवार प्रादेशिक अस्पताल पुगेका थिए ।‌ अस्पतालले उनलाई आइसोलेशन कक्षमा भर्ना गरिदिए । तर उनको अवस्था विग्रिदै गएपछि त्यहांबाट विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरे ।

आज दिउसो धरान लग्दै गर्दा बाटोमै (सिरहाको लहान)मा उनको मृत्यु भ एको प्रादेशिक अस्पताल स्रोतले जनाएको छ । हुन त उनको रिपोर्ट आएका छैन । यद्यपी उनको मृत्यु कोरोनाकै कारण भएको अस्पतालले पुष्टि गरेको छ ।

मृतक हार्डवेयर व्यावसायी हुन् । उनको गाउमै पसल छ । व्यापारी भएका कारण उनी पटक पटक भारत पुगेका कारण कोरोना लागेको हुनसक्ने स्रोतको दावी छ ।

प्रकाशित : २०७७ श्रावण ११, आईतवार २१:२३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ