सप्तरी : मल गोदाममा प्रहरीको छापा, २ जना पक्राउ


राजविराज : जिल्ला प्रहरी कार्यालय सप्तरीले करिब ७४ बोरा युरिया मलसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

राजविराज नगरपालिका-६ स्थित न्यू सगरमाथा एग्रोभेट सेन्टरमा प्रहरीले छापा मारेर अवैधरूपमा भण्डार गरी राखेको मलसहित सेन्टरका सञ्चालक स्थानीय सूर्यनारायण यादव र स. १ ज ४६४ नम्बरको सवारी साधनका चालक महेन्द्रप्रसाद यादवलाई समेत नियन्त्रणमा लिएको जनाएको छ । 

प्रहरी निरीक्षक सन्तोष खड्काका अनुसार युरिया मल र गाडीका चालकलाई अनुसन्धान तथा कारवाहीका लागि भन्सार कार्यालय तिलाठीस्थित बेल्हीमा बुझाइएको छ । रासस

प्रकाशित : २०७७ श्रावण १२, सोमबार ०९:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ