कोरोना संकट : विराटनगरमा अत्यावश्यक सेवा बाहेक सबै ठप्प


काठमाडौं : विराटनगर महानगरपालिकाले कोभिड–१९ को संक्रमण समुदायमा फैलिन सक्ने सम्भावनालाई न्यूनीकरण गर्न अत्यावश्यक सेवाबाहेक अन्य कार्य आजदेखि स्थगित गरेको जनाएको छ ।

महानगरपालिका प्रमुख भीम पराजुलीको अध्यक्षतामा बसेको नगरस्तरीय कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) बैठकले नगर तथा वडा कार्यालयले प्रदान गर्ने अत्यावश्यक सेवाहरु दमकल, एम्बुलेन्स, स्वास्थ्य, सरसफाइ, राजश्व व्यवस्थापन, सामाजिक सुरक्षा तथा अत्यावश्यक सिफारिसबाहेक अन्य सबै सेवा आजदेखि स्थगित गर्ने निर्णय गरेको हो ।

संक्रमितको संख्या दिन प्रतिदिन वृद्धि हुँदै गएकाले सचेतनाका साथ स्वास्थ्य एवं सुरक्षामा आजदेखि थप कडाइ गरिने महानगरपालिकाले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

अर्को सुचना जारी नहुन्जेल अवैध आगमनलाई नियन्त्रण गर्ने, सिटी रिक्सा सवारीमा सामाजिक दूरी कायम गर्ने, चोक, बजारमा भीडभाड गरेर लाग्ने पसल व्यवसायलाई नियन्त्रण गर्ने, अनिवार्य मास्क लगाउनुपर्ने तथा सामाजिक दूरी कायम राख्नुपर्ने बताइएको छ ।

प्रकाशित : २०७७ श्रावण १२, सोमबार ०९:५७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ