विराट नर्सिङ होममा कार्यरत थप ४ नर्समा कोरोना संक्रमण पुष्टि


मोरङ : विराटनगरस्थित विराट नर्सिङ होममा कार्यरत थप चार जना स्टाफ नर्समा कोरोना भाइरस संक्रमण देखिएको छ ।

नर्समा कोरोना देखिएसँगै नर्सिङ होममा आवद्ध संक्रमितको संख्या पाँच पुगेको हो । ६५ वर्षीय चिकित्सकमा गत मंगलबार कोरोना संक्रमण देखिएपछि अस्पतालमा कार्यरत अरु कर्मचारी र स्वास्थ्यकर्मीको पनि पीसीआर परीक्षणका लागि चार दिनअघि स्वाब संकलन गरिएको थियो ।

५८ जनाको स्वाब नमूना परीक्षण गरिएकोमा चारजनाको रिपोर्ट पोजिटि‍भ आएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताए । उनका अनुसार संक्रमणको पुष्‍टि भएकामध्ये २१, ३०, ३१ र ५६ वर्षीया स्टाफ नर्स छन् ।

प्रकाशित : २०७७ श्रावण १२, सोमबार ११:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ