कोरोना कहरबीच जनकपुरको शिवालयमा दर्शनार्थीको घुइँचो (फोटो फिचर)


सन्तोष यादव/ जनकपुरधाम : प्रदेश २ मा कोरोना स‌ंक्रमित र मृतकको संख्या बढिरहे पनि जनकपुरधामका सर्वसाधरणले सतर्कता अपनाएका छैनन्।

साउनको दोस्रो सोमवार जनकपुरको शिवालयहरुमा दर्शनार्थीहरु सतर्कता नअपनाइ पुगेका छन्। सरकारले भिडभाड नगर्न र मास्क अनिवार्य लगाउन आग्रह गरे पनि उनीहरुले बेवास्ता गरेका छन्।

आइतबार गृह मन्त्रालयले ७७ जिल्लाकै प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी मास्क नलगाउनेलाई कारवाही गर्न निर्देशन दिएको थियो। तर, मठमन्दिरमा विनामास्क, भिडभाड गरेर पूजापाठ गरे पनि सम्बन्धित निकाय मौन रहेको छ।

प्रदेश २ मा अहिलेसम्म कोरोना संक्रमण्बाट १२ जनाको मृत्यु भइसक्यो । हजारौं संक्रमित आइसोलेशनमा उपचाररत छन् । कोरोनाको संक्रमित झन झन बढ्दै गएको बेला सर्वसधारण सचेत देखिदैन ।

थाहा खबर

प्रकाशित : २०७७ श्रावण १२, सोमबार ११:४९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ