धनुषाका सिडिओ निरौलाको पनि सरुवा, अब भट्टराई आउदै


जनकपुरधाम : धनुषाका सिडिओ कोशहरि निरौलाको सरुवा भएको छ । गृह मंत्रालयका अनुसार सिडिओ निरौलाको मोरङ सरुवा भएको हो ।

गृह मन्त्रालयबाट प्रेम प्रसाद भट्टराईलाई धनुषा पठाइएको छ । उनको केहिदिन अगाडी मात्रै ललितपुर उपमहानगरबाट गृह मंत्रालय सरुवा  भइ पुगेका थिए । धनुषाबाट सरुवा भएपछि सिडिओ निरौलालाई केहि समाजसेवीले सम्मान गरी विदाई गरेका छन् ।

गृह मन्त्रालय स्रोतका अनुसार गोरखा जिल्लाका सिडिओ सुरेन्द्र पौडेललाई सर्लाही जिल्लाको जिम्मेवारी दिई पठाएको छ भने सर्लाहीका मोहनबहादुर जिसीलाई गृह मन्त्रालय तानेको छ ।

त्यस्तै गोरखा र डडेलधुरामा केही दिन अघि सहसचिव नियुक्त क्रमशः तीर्थ भट्टराई र बन्धुराज बास्कोटालाई पठाइएको छ । डडेलधुराका जगन्नाथ पन्त गृहबाटै आउट गर्दै धनगढी उपमहानगर पालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको छ ।

निरौला र पौडेल धेरै जिल्लामा धेरै लामो समय सिडिओ बन्ने भाग्यमानी कर्मचारीमा पर्छन् ।झापा, मोरङ, सुनसरी, पर्सा, रुपन्देही, कास्की, बाँके जिल्लाको प्रमुख जिल्ला अधिकारी हुन निकै ठुलो कसरत हुने गर्छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गृह मन्त्रालय सरुवा गरिएका १६ जना सहसचिवमध्ये ४ जनाको मात्रै पोस्टिङ भएको छ भने अझै १२ जना पोस्टिङ गर्न बाँकी छ ।

प्रकाशित : २०७७ श्रावण १२, सोमबार १२:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ