प्रादेशिक अस्पताल जनकपुरको इमर्जेन्सी र आईसीयू वार्ड सिल गरियो


जनकपुरधाम : धनुषाका एक कोरोना संक्रमितको मृत्यु भएपछि जनकपुरस्थित प्रादेशिक अस्पताल सिल गरिएको छ ।

संक्रमण फैलिन नदिन अस्पतालको इमरजेन्सी वार्ड र आइसियु वार्ड आज विहानदेखि सिल गरिएको हो । अस्पतालका निमित्त प्रमुख डा. जामुन सिंहले इमरजेन्सी वार्डलाई २४ घण्टा र आइसियु वार्डलाई ७ दिनका लागि सिल गरिएको जानकारी दिए ।

उनका अनुसार जिल्ला विपद व्यवस्थापन समिति अन्तर्गत रहेको कोभिड व्यवस्थापन समितिको बैठकले मृतक बिरामी भर्ना गरिएको इमर्जेन्सी र आइसियु वार्ड सिल गर्ने निर्णय गरेको छ । मृतकको शव व्यबस्थापन गर्ने जिम्मेबारी पनि नेपाली सेनालाई दिने निर्णय भएको छ ।

शहिदनगर नगरपालिकाका ८ का ३८ वर्षिय व्यावसायीको आइतबार मृत्यु भएको थियो । शनिवार उनी उपचारका लागि अस्पताल पुगेका थिए । स्रोतका अनुसार उनको उपचार चिकित्सकले पिपिई बिना नै गरेको थियो ।

मृतकको उपचारमा संलग्न चिकित्सक र उनलाई अस्पताल लगेका आफन्तसहित सम्पर्कमा आएका सबैको पिसिआर परिक्षण गरिने अस्पतालले जनाएको छ ।

प्रकाशित : २०७७ श्रावण १२, सोमबार १४:४१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ