सांसद उमाशंकर अरगरियाद्वारा कमला नदिको तटबन्ध निरीक्षण


सिबेन्द्र रोहिता/ जनकपुरधाम : जनता समाजवादी पार्टीका प्रमुख सचेतक एवम् संघिय सांसद उमाशंकर अरगरियाले सिरहा-धनुषा जोड्ने कमला नदी तटबन्धको निरीक्षण गरेका छन् ।

धनुषा क्षेत्र २ बाट निर्वाचित सांसद अरगरियाले शहिदनगर नगरपालिकामा पर्ने रामघाट पुगेर कमला नदी तटबन्धको निरीक्षण गरेका हुन् । यस्तै हथामुंडा, लक्कर ,टरीया हुदै सघरासम्म पुगेर पनि उनले तटबन्ध निरीक्षण गरे । नदीमा आउने बाढीले बर्षेनी तटबन्धमा क्षति पुर्याउंछ ।

कमला नदीको पश्चिमी तटबन्धको अबस्था जर्जर देखिएको र तत्कालै मर्मत गर्नुपर्ने अबस्था रहेको सांसद अरगरियाले जानकारी दिए । उनले तटबन्ध मर्मतका लागि पहल गर्ने बताए । उनले तटबन्ध भत्कियो भने ठुलो क्षति पुर्याउने भन्दै मर्मत गर्न सरकारसंग माग समेत गरेका छन् ।

सो निरीक्षणमा कमला नदि नियन्त्रण आयोजना धनुषाको प्रतिनिधि ई महेश प्रसाद गुप्ता, जनता समाजवादी पार्टी धनुषाका नेता बिनोद रोहिता, पार्टीका कमला नगर प्रमुख मनिक लाल मण्डल, युवा नेता राम जीवन यादव, इसराफिल राईन, सरोज कुमार मण्ड र निशान्त यादवसहितको उपस्थिति रहेको थियो ।

प्रकाशित : २०७७ श्रावण १३, मंगलवार ०८:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ