प्रहरी प्रधान कार्यालयमै घुस्यो कोरोना, २३ जना प्रहरीमा संक्रमण पुष्टि


काठमाडौं : नेपाल प्रहरी मुख्यालयमा कार्यरत थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै प्रहरी प्रधान कार्यालयमा कोरोना संक्रमितको संख्या २७ पुगेको छ ।

नेपालल प्रहरीका प्रवक्ता डीआइजी निरजबहादुर शाहीले थप २३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । अहिले उनीहरूलाई बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा लगिएको छ ।

संक्रमितहरूमा चालक, मेकानिक्स र मेसमा काम गर्ने कर्मचारी छन् । आइतबार मुख्यालमा कार्यरत चार जना प्रहरीमा संक्रमण पुष्टि भएको थियो । त्यसै क्रममा मुख्यालयमा रहेका अन्य सुरक्षाकर्मीको परीक्षण गर्ने क्रममा थप २३ जनामा संक्रमण देखिएको छ ।

प्रकाशित : २०७७ श्रावण १३, मंगलवार १८:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ