प्रदेश २ : रातिदेखि ‘अति भारी’ वर्षा हुने, सतर्कता अपनाउन अपिल



जनकपुरधाम : आज रातिदेखि देशका विभिन्न ठाउँमा अति भारी वर्षा हुने भएको छ ।

न्यून चापीय रेखा नजिक भएसँगै नेपालमा वर्षाको मात्रा बढ्दै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अहिले पनि देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

विहान ५ बजेको रेकर्ड अनुसार प्रदेश २ का महोत्तरी, धनुषा र सप्तरी जिल्लाहरुमा मध्यम देखि भारी वर्षा भएको छ । आज दिउँसो देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरैजसो स्थानहरुमा मेग गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशहरूका केही स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती प्रदेश र कर्णाली प्रदेशका एक, प्रदेश २ मा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
राती देशभर सामान्य बदली रही धेरैजसो स्थानहरुमा मेग गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

भारी बर्षा हुने भएकाले सतर्कता अपनाउन विभाग अपिल गरेको छ ।

प्रकाशित : २०७७ श्रावण १४, बुधबार ०८:५३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ