सिरहा : कोरोनाले मृत्यू भएका युवकको शव सेनाद्वारा सम्मानपूर्वक व्यवस्थापन


लहान : कोरोनाले सिरहामा ज्यान गुमाएका एक युवकको शव नेपाली सेनाले आज व्यवस्थापन गरेको छ । मृतक गोलबजार नगरपालिका १२ का २१ वर्षीय युवकको शव सेनाले सम्मानका साथ व्यवस्थापन गरेका हुन् ।

ति युवक तीन दिनअगाडी कोरोना संक्रमित भएका थिए । उनको उपचारको क्रममा विहिवार राति विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यू भएको थियो । आजै शव ल्याएर सेनाले गोलबजारकै गागन नदीमा व्यवस्थापन गरेको छ ।

प्रकाशित : २०७७ श्रावण २३, शुक्रबार १८:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ