शहिदनगरका काँग्रेस नेता यादबको निधन, कोरोनाको आशंका


जनकपुरधाम : धनुषामा एक काँग्रेस नेताको निधन भएको छ । शहिदनगर नगरपालिका ८ का काँग्रेस नेता पल्टु बनरैत यादबको शनिवार राति जनकपुरस्थित काव्या अस्पतालमा निधन भएको हो ।

काँग्रेसका वडा सभापति तथा वडाकै प्रत्यासी उम्मेदवार समेत रहेका यादबलाई सास फेर्न समस्या भएपछि उपचार अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको बताइएको छ । मृतक यादबमा कोरोनाको आशंका गरिएको छ ।

अन्दाजी ५० वर्षीय उनको शव दाहसंस्कारका लागि जनकपुरस्थित स्वर्गद्धारमा लगिएको छ । काँग्रेसको झण्डा ओढाएर सम्मान पूर्वक उनको दाहसंस्कार गरिने तयारी भइरहेको छ ।

प्रकाशित : २०७७ श्रावण २५, आईतवार ०९:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ