बर्दिबासमा राजमार्गकै यस्तो हालत !


जनकपुरधाम : महोत्तरीको बर्दिवास क्षेत्रमा राजमार्ग जर्जर बनेको छ । जताततै खाल्डैखाल्डा भएपछि दुर्घटनाको जोखिम बढेको हो ।

ठूला खाल्डामा पानी जम्दा राजमार्ग पोखरीमा परिणत भएको छ । मोटरसाइकल र अन्य सवारी साधनलाई बजार क्षेत्र कटाउन अत्यधिक समस्या हुने गरेको सर्वसधारण बताउँछन् ।

आफ्नो गतिमा हिँडेका सवारी झुक्किएर राजमार्गका खाल्डामा लड्न थालेपछि ट्राफिक प्रहरीले नै खाल्डामा गिट्टीबालुवा पनि भरेको थियो । तर फेरि पानीले बगाएपछि दुर्घटनाको जोखिम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीका प्रमुख कैलाश खत्रीले बताए ।

यसरी राजमार्ग नै जर्जर बनेपनि सम्बन्धित निकायको ध्यान पुगेको छैन । स्थानीयले तत्काल सडक टालटुल पार्न माग गरेका छन् ।

प्रकाशित : २०७७ श्रावण २५, आईतवार ११:०९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ