रेडक्रसको बदमासीले नै गंगादेवीको मृत्यू (हेर्नुस् प्रमाण)


जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका ६ स्थित रामजानकी अस्पतालमा शुक्रवार विहान प्रसुती गराएकी एक महिलाको मृत्यू भयो । फरक समुहको ब्लड चढाएपछि महोत्तरीको गौशाला नगरपालिका ११ की २३ वर्षीया गंगादेवी महतोको मृत्यू भएको प्रस्ट भइसकेको छ ।

उनको मृत्यू भएपछि तत्कालै पीडित परिवारले अस्पतालमा होहल्ला मच्चाए । यर्थात नबुझेर अस्पतालमा तालाबन्दी गर्ने प्रयास पनि भयो । त्यसपछि पीडित परिवारलाई ५ लाख रुपैया क्षतिपुर्ती दिन अस्पताल बाध्य भयो । तर बदमासी भने रेडक्रस सोसाइटीको रक्तसंचार केन्द्रले गरेको छ ।

गंगादेवी मृत्यू प्रकरणका सम्पूर्ण जिम्मेवारी रेडक्रसले लिनुपर्ने चिकित्सकहरु बताउँछन् । किनकी गंगादेवीको ब्लड समूह ‘ओ पोजेटिभ’ भएपनि रेडक्रसले बी पोजेटिभ ब्लड दिएको थियो । अप्रशन गरी प्रसुती गराएको कारण गंगादेवीको अवस्था नाजुक भएर चिकित्सकले ब्लड चढाए ।

ब्लड चलाउँदा पनि उनको अवस्था झन नाजुक भएपछि चिकित्सकले ब्लड चढाउन बन्द गरेका थिए । चिकित्सकलाई ब्लडमा शंका लागेर पुनः अर्को पोका ब्लड ल्याउन भन्यो । त्यसपछि रेडक्रसले ‘बि पोजेटिभ’ ब्लड दिएर पठायो । चिकित्सक आश्चर्यमा परे । अनी रेडक्रसको चरम लापरबाही सार्वजनिक भयो ।

अहिले केहि मिडियाले अस्पताल र चिकित्सकलाई बदनाम गर्नेगरी समाचार सम्प्रेशन गरिरहेको छ । अस्पतालका डा. शैलेन्द्र साह भन्छन्, ‘यर्थात नबुझेर कसैलाई बदनाम गराउन खोज्नु ठूलो विडम्बना हो । गल्ती रेडक्रसले गर्ने तर बदनाम अस्पतालका डाक्टरलाई गर्न त मिल्दैन ।’

उनका अनुसार ब्लड म्याचिङ गर्ने कार्य रेडक्रसको हो । तर त्यहाँको कर्मचारीले फरक समूहको ब्लड दिएर पठायो । जसले गर्दा गंगादेवीको किड्नी र लिभरमा अत्यधिक असर गर्यो । र सोही कारण उनको मृत्यू भएको यर्थात बुझ्न जरुरी छ ।

‘दोषीलाई कारबाही गर्नुपर्छ’

गंगादेवीको मृत्यू प्रकरणमा दोषी देखिने जोकोहीलाई पनि कारबाही गर्नुपर्ने नेपाली जनता दलका धनुषा जिल्ला अध्यक्ष मुन्जय राउतले माग गरेका छन् ।

उनी सामाजिक सञ्चालमा लेखेका छन्, ‘हत्यारा जो सुकैहोस् । उसलाई कानुन बमोजिम सजाय हुनैपर्छ । नत्र अर्को हत्या गर्न त्यो डाकुलाई समय लाग्दैन । तर सम्पुर्ण डाक्टर पेसालाई बद्नाम गर्ने अधिकार कसैलाई छैन ।’

उनले रेडक्रसले नै फरक ब्लड समूहको रगत दिएपछि गंगादेवीको मृत्यू भएको स्पष्ट भइसकेकाले रेडक्रस नै पूर्ण रुपमा दोषी रहेको दावी गरे । उनले भने, ‘दोषी रेडक्रस रहेपनि अहिले कोरोनाको कहरबीच सेवा प्रवाह गर्ने अस्पतालका चिकित्सकलाई बदनाम गर्ने कार्य कसैबाट नहोस् ।’

प्रकाशित : २०७७ श्रावण २५, आईतवार १८:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ