कोरोना रिपोर्ट पोजेटिभ रिपोर्ट आएको केहीबेरमै ७० वर्षीया महिलाको मृत्यु


नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार क्रममा एक ७० वर्षीया महिलाको मृत्यु भएको छ ।

श्वासप्रश्वाससम्बन्धी समस्या भएपछि २३ गते अस्पातलमा भर्ना भएकी कोहलपुर नगरपालिका–२ की ७० वर्षीया कुलपति चौधरीको आज दिउँसो ३ बजे मृत्यु भएको शिक्षण अस्पताल कोहलपुरका निर्देशक डा दिनेश श्रेष्ठले बताए । ती महिलालाई अस्पतालले आइसोलेसन वार्डमा भर्ना गरी अक्सिजन दिएर उपचार सुरु गरेको थियो ।

निमोनियासमेत देखिएपछि उनको २३ गते नै स्वाब संकलन गरेर परीक्षणका लागि भेरी अस्पताल पठाइएको थियो । कोरोना पोजेटिभ भएको रिपोर्ट आएको केहीबेरमै उनको मृत्यु भएको हो ।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

प्रकाशित : २०७७ श्रावण २५, आईतवार १९:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ