लहान : भिडभाड नगरी दिउँसो १ बजेसम्म सेवा प्रवाह गर्न बैंकहरुलाई अनुरोध


जयनाथ यादब/ सिरहा : लहानस्थित ग्लोबल आईएमई बैंकका एक कर्मचारीमा कोरोना पुष्टि भएपछि उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमचन्द्र भुषालले सूचना जारी गरेर बैंक तथा वित्तिय संस्थाहरुलाई उच्च सतर्कता अपनाउन अपिल गरेका हुन् । कोरोना संक्रमण फैलिने जोखिम बढेकाले भिडभाड नगरी सार्वजनिक दुरी कायम गरेर सेवा प्रहाह गर्न सूचनामा उल्लेख छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि साउन २३ गतेबाट ३२ गतेसम्मका लागि लहा नगरपालिकामा लकडाउन गरिएको छ । सो अवधिमा विहान १० बजेदेखि दिउँसो १ बजेसम्म सेवा उपलब्ध गराउन भनिएको छ ।

प्रकाशित : २०७७ श्रावण २६, सोमबार १९:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ