धनुषा : बालिकालाई बलात्कार गरेको भिडियो बनाउने ५ युवक प्रहरी फन्दामा


जनकपुरधाम : धनुषामा सामुहिक बलात्कार गर्ने बेलाको भिडियो बनाएको घटना सार्वजनिक भएको छ । भिडियो सार्वजनिक भएपछि घटनाको पर्दाफास भएको हो ।

क्षिरेश्वरनाथ नगरपालिका ५ की एक १४ वर्षीया बालिकालाई बलात्कार गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुको पहिचान गोप्य राखेर महेन्द्रनगर प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको बताइएको छ ।

स्रोतका अनुसार घटनालाई समाजमै मिलाउने प्रयास समेत भइरहेको थियो । तर आरोपितहरुलाई प्रहरीले पक्राउ गरेपछि घटना मिलापत्र गराउने प्रयास विफल भएको छ ।

प्रकाशित : २०७७ श्रावण २६, सोमबार १९:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ