प्रदेश २ : बिजुलीको पोलमा ठोकिँदा मोटरसाइकल चलाउने युवकको मृत्यू


बारा : मोटरसाईकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोकिएपछि एक जनाको मृत्यू भएको छ ।

दुर्घटनामा देवताल गाउँपालिका ५ धुराहा टोलका १९ बर्षिय प्रदिप कुमार रामको मृत्यू भएको हो । बाराका प्रहरी प्रबक्ता तथा डिएसपी गौतम मिश्रका अनुसार मृतक राम आफैंले चलाएको ना ३४ प ३४०० नम्बरको मोटरसाइकल पोलमा ठोकिएको छ ।

लँगडा गाउँ र अमरपटीको बीचमा पर्ने दोडा पुल नजिकै रहेको बिजुलीको पोलमा ठोक्किएपछि मोटरसाईकल तल खसेको थियो ।

प्रकाशित : २०७७ श्रावण २६, सोमबार २०:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ