Breaking- जनकपुरको प्रादेशिक अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्यू


जनकपुरधाम : धनुषामा फेरी एक कोरोना संक्रमितको मृत्यू भएको छ । मृत्यू हुनेमा विदेह नगरपालिका घर भएका ६० वर्षीय बद्री मण्डल छन् ।

जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा गएराति उनको मृत्यू भएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार उनी ३÷४ दिनदेखि अस्पतालमा उपचार गराउँदै थिए ।

मृतकको शव नेपाली सेनाले व्यवस्थापन गरिने बताइएको छ । अहिले शव प्रादेशिक अस्पतालमै राखिएको छ । योसँगै धनुषामा कोरोनाले ३ जनाको ज्यान गएको छ ।

प्रकाशित : २०७७ श्रावण २७, मंगलवार ०७:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ