काँग्रेसको राज्य प्रशासन विभागमा धनुषाका सुधिर गोइत मनोनित


जनकपुरधाम : नेपाली काँग्रेसका महासमिति सदस्य सुधिर गोइत राज्य प्रशासन विभागको सदस्यमा मनोनित भएका छन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राज्य प्रासन सहितका विभागको संयोजक र सदस्यहरुको मनोनित गरेका हुन् । उक्त विभागको संयोजकमा केशव कुमार बुढाथोकीलाई मनोनित गरिएको छ ।

धनुषाको शहिदनगर नगरपालिका ९ घर भएका नेता गोइत लामो समयदेखि पार्टीमा सक्रिय छन् । गाउँमा समाजसेवीको छवि बनाएका उनी अगामी निर्वाचनमा काँग्रेसको तर्फबाट शहिदनगरको मेयरका दावेदार हुन् ।

प्रकाशित : २०७७ श्रावण २७, मंगलवार ११:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ