पर्साका जसपा साँसद यादब कोरोनालाई जिते, सातदिन घरमै बस्ने


जनकपुरधाम : जनता समाजवादी पार्टीका संघीय साँसद प्रदिप यादब कोरोनालाई पराजित गरेर निको भएका छन् । उनले आफ्नो कोरोना रिपोर्ट नेगेटिभ आएको जानकारी फेसबुकमार्फत दिएका हुन् ।

घरभित्र आइसोलेट भएर आत्मअनुसाशन कायम गरी सुरक्षित रुपले बसेको र डाक्टरले दिएको सुझाव अनुसार चलेकाले कोरोनालाई जित्न सफल भएको साँसद यादबले बताएका छन् । उनले डाक्टरको सुझाव अनुसार सात दिनसम्म अझै घरकै आइसोलेसनमा बसने जनाएका हुन् ।

मानवजातिमाथि आएको कोरोना संकट छिटै समाप्त होस् भन्ने श्रीकृष्ण जन्‍माष्‍टमीको विशेष अवसरमा इश्वरसंग प्राथना समेत उनले गरेका छन् ।

साउन १६ गते साँसद यादबमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित : २०७७ श्रावण २७, मंगलवार १२:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ