रौतहटमा थपिए ११ जना कोरोना संक्रमित, स्वास्थ्यकर्मीमा पनि संक्रमण


रौतहट : रौतहटको गरुडामा स्वास्थ्यकर्मीसहित ११ जना कोरोना संक्रमित थपिएका छन् । 

२२ साउनमा ७९ जनाको स्वाब संकलन गरी परीक्षणका लागि हेटौडा पठाइएको थियो । जसमा एकमहिलासहित ११ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

रौतहटमा पछिल्ला ३ दिनमा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार १५ जनामा संक्रमण देखिएको थियो भने सोमबार २८ जना संक्रमित थपिएका थिए । 

प्रकाशित : २०७७ श्रावण २७, मंगलवार १४:०७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ