अख्तियार प्रमुखलाई नै समात्यो कोरोना भाइरस


काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नविन घिमिरेमा कोरोना पुष्टि भएको छ ।

मंगलबार घिमिरेमा कोरोना संक्रमण पुष्टी भएको आयोग स्रोतले जनाएको छ । प्रमुख नै संक्रमित भएको विषयमा आयोगले आधिकारिक जानकारी गराएको छैन ।

अख्तियार केन्द्रीय कार्यालय, टंगालमा काम गर्ने तीन दर्जन सुरक्षाकर्मी र कर्मचारीमा यसअघि नै कोरोना संक्रमण पुष्टी भइसकेको छ ।

प्रकाशित : २०७७ श्रावण २७, मंगलवार १७:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ