प्रदेश २ मा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, आज थपिए १७४ जना


सन्तोष यादब/ जनकपुरधाम : प्रदेश २ मा कोरोना संक्रमितको संख्या ६ हजार नाघेको छ । आज १७४ जनामा कोरोना संक्रण पुष्टि भएसंगै संक्रिमितको संख्या ६ हजार ६८ पुगेको हो ।

सामाजिक विकास मन्त्रालयका तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ३६ महिला र १३८ पुरुषमा संक्रमण पुष्टि भएको छ । धनुषामा १८ जना, महोत्तरीमा १० जना, सिरहामा ९ जना, पर्सामा ६५ जना, सर्लाहीमा २१ जना, रौतहटमा ४० जना र सप्तरीमा ४ जना कोरोना संक्रमित थपिएका छन् ।

पर्सामा थपिएका संक्रमितमध्ये वीरगञ्ज बजार क्षेत्रकै २४ जना छन् । यस्तै विर्ताका १० जना र छपकैयाका ६ जनामा पनि संक्रमण पुष्टि भएको हो । माइस्थानका ३ जना र आदर्शनगरका २ जनामा पनि संक्रमण देखिएको छ ।

यस्तै नारायणी अस्पतालको क्वाटरमा ४ संक्रमित थपिएका छन् । नेसनल मेडिकल कलेजमा ३ जना, जिल्ला प्रहरी कार्यालय पर्सामा १ जना, कृषि सामग्री लिमिटेडमा १ जना र वडा प्रहरी विर्तामा ८ जनामा कोरोना पुष्टि भएको छ ।

रौतहटमा ४० जना संक्रमित थपिएकामा १९ जनाको पहिचान नै नखुलेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये गौर नगरपालिकाका ११ जना, राजदेवी नगरपालिकाका १ जना र कटहरिया नगरपालिकाका ९ जनामा संक्रमण पुष्टि भएको बताइएको छ ।

यस्तै धनुषाका १८ संक्रमित मध्ये जनकपुरका ७ जना छन् । मुक्तिनाथ बैंकका ६ जना, एनएमबी बैंकका १ जना, राष्ट्रिय बाणिज्य बैंकका १ जना र हंसपुर नगरपालिका घर भई प्रादेशिक अस्पतालमा कार्यरत १ जनामा कोरोना पुष्टि भएको छ ।

महोत्तरीमा थपिएका १० संक्रमित मध्ये जलेश्वर घर भई प्रादेशिक अस्पतालमा कार्यरत १ पुरुष, भंगहा नगरपालिका घर भई प्रादेशिक अस्पतालमा कार्यरत १ महिला, जलेश्वर अस्पतालका २ महिला, जिल्ला प्रशासन कार्यालय जलेश्वरका १ जना र पिपरा गाउँपालिका घर भई जलेश्वर अस्पतालमा कार्यरत १ जना छन् ।

बाराका ७ संक्रमित मध्ये सशस्त्र प्रहरी बल नीजगढका एक जनामा पनि कोरोना पुष्टि भएको छ । सिरहाका ९ संक्रमित मध्ये एक जना जलेश्वर अस्पतालमा कार्यरत पुरुष र सुखिपुर नगरपालिकाकै ९ जना छन् ।

सामाजिक विकास मन्त्रालयका बरिष्ट जनस्वास्थ्य प्रशासक विजय कुमार झाका अनुसार पछिल्लो २४ घण्टामा २९ जना कोरोनालाई जितेर आइसोलेशनबाट डिस्चार्ज भएका छन् । जसमध्ये ६ जना महिला छन् ।

प्रकाशित : २०७७ श्रावण २७, मंगलवार १८:२१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ