जनकपुरधाम उपमहानगरले पाए सर्वोच्च अदालतको ‘क्लिन चिट’


जनकपुरधाम : जनकपुरधाम उप–महानगरपालिकाले सर्वोच्च अदालतबाट ‘क्लिन चिट’ पाएको छ ।

उप-महानगरपालिकाको ५ औं नगरसभा असंवैधानिक भएको भन्दै वडा नम्बर ७ का अध्यक्ष जानकीराम साहले सर्वोच्चमा रिट दायर गरेका थिए । तर सर्वोच्च अदालतले नगरसभा विधिसम्वत रहेको ठहर गरेको छ ।

सर्वोच्चका न्यायधिशद्वय हरि कृष्ण कार्की र शुष्मलता माथेमाद्वारा सुनवाई भएको ३ नम्बर संयुक्त इजलाशमा जनकपुरधाम उप–महानगरपालिकाको नगरसभा विधिसम्बत रहेको ठहर गर्दै अल्पकालीन अन्तरिम आदेश फुकुवा गरेका छन् ।

सर्वोच्चले जारी गरेको आदेशमा अति आवश्यक खर्च बाहेक अन्य बजेट नचलाउन जारि गरेको अल्पकालीन आदेशलाई निरन्तरता दिइरहन नपर्ने उल्लेख छ । अब उप–महानगरपालिका कार्यालयका सम्पूर्ण कामकाज पुनः सञ्चालन गर्ने बाटो खुलेको छ ।

प्रकाशित : २०७७ श्रावण २७, मंगलवार १९:१६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ